काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गत भुटानले नेपालविरुद्ध खराब सुरुवात गरेको छ ।
नेपालले दिएको १५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग थालेको भुटानले आठौं विकेट गुमाएको छ । भुटानले आठौं विकेटको रुपमा तेन्जिङ वांगचुकलाई गुमाएको हो । उनलाई दिपेन्द्र सिँह ऐरी आउट गरे ।
त्यसअघि भुटानले सातौ विकेटको रुपमा दोर्जीलाई गुमाएको थियो । दोर्जीलाई बसन्त रेग्मीले आउट गरे ।
भुटानले १० ओभरको खेल सकिदा ८ विकेट गुमाएर १६ रन जोडेको छ ।
यसअघि युकेएम वाईएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।
नेपालका लागि प्रदिप ऐरीले अर्धशतकीय पारी खेले । प्रदिपले अविजित ७५ रन जोडे । यस्तै करण केसी ११ रनमा अविजित रहे ।
त्यस्तै नेपालका अनिल कुमार साहले २७, दिपेन्द्र सिंह ऐरीले १५ र आरिफ शेखले १३ रन जोडे । ओपनर विनोद भण्डारी सुन्य रनमा आउट भए ।
भुटानका जिग्मी सिङ्गे, संजिवन गुरुङ, थिन्ले र रमेश गुरुङले समान एक एक विकेट लिए ।