काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गत भुटानले नेपालविरुद्ध खराब सुरुवात गरेको छ ।
नेपालले दिएको १५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग थालेको भुटानले चौथो विकेट गुमाएको छ । भुटानका तेस्रो र चौथो विकेट सन्दीप लामिछाने लिए ।
भुटानले चौथो विकेटका रुपमाथिन्ले जम्ताशोलाई सुन्य रनमा गुमाएको हो । यस्तै तेस्रो विकेटको रुपमा कुमार सुब्बालाई २ रनमा गुमाएको छ ।
भुटानले ४ ओभर सकिदा ४ रन जोड्दा ४ विकेट गुमाएको छ ।
यस अघि नेपालका ललित राजवंशीले कप्तान जिग्मी सिंगे र टानडेन वान्चुकलाई सुन्य रनमा पेभेलियन फर्काए ।
यसअघि युकेएम वाईएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।
नेपालका लागि प्रदिप ऐरीले अर्धशतकीय पारी खेले । प्रदिपले अविजित ७५ रन जोडे । यस्तै करण केसी ११ रनमा अविजित रहे ।
त्यस्तै नेपालका अनिल कुमार साहले २७, दिपेन्द्र सिंह ऐरीले १५ र आरिफ शेखले १३ रन जोडे । ओपनर विनोद भण्डारी सुन्य रनमा आउट भए ।
भुटानका जिग्मी सिङ्गे, संजिवन गुरुङ, थिन्ले र रमेश गुरुङले समान एक एक विकेट लिए ।
अघिल्ला तीन खेलमा जित निकालेको नेपालले चौथो खेलमा भुटानसंग प्रतिस्पर्धा गरिरहेको हो । भुटानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य लगातार चौथो जित निकाल्नु हुनेछ ।
तुलनात्मक कमजोर टिम भुटानविरुद्ध नेपाललाई जित निकाल्न गार्हो पर्नेछैन । अघिल्ला नतिजा हेर्दा नेपालले भुटानलाई सहजै हराउने देखिएको छ । जारी प्रतियोगितामा भुटान प्रदर्शन उच्च देखिएको छैन ।
छनोटमा नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । यता, भुटान ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ ।