मिकाइल आलम
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा बेलबारी विजयी भएको छ । सोमबार राति सम्पन्न खेलमा काँकडभिट्टालाई ९ विकेटले पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको हो ।
बेलबारीले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काँकडभिट्टाले निर्धाधित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । काँकडभिट्टाकालागि अमीत न्यौपानेले ४२ तथा रुपक बरालले ३५ रनको योगदान दिएका थिए ।
१ सय २१ को लक्ष्य सहित मैदान उत्रिएको बेलबारीले मात्र १ विकेट गुमाएर १३ दशमलव ५ ओभरमा लक्ष्य पुरा ग¥यो । बेलबारीलाई सहज जित दिलाउन विकेश बन्जाराले ६५ तथा विप्लव घोषले अविजित ३२ रन बनाए ।
खेलको म्यान अफ दि म्याच विकेश बन्जारा घोषित भए । आज हुने पहिलो सेमिफाइनल खेलमा बेलबारीले बिराटनगरको सामाना गर्नेछ ।