काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गत नेपालले अहिले भुटानको समान गरिरहेको छ ।
युकेएम वाईएसडी ओभलमा भुटानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई १५ रनमा गुमाएको हो ।
यसअघि नेपालले आरिफ शेखलाई १३ , विनोद भण्डारीलाई सुन्य र अनिल कुमार साहलाई २७ रनमा गुमाएको थियो ।
भुटानविरुद्ध नेपालले १९ ओभरको समाप्तिमा १३४ रन जोडेको छ ।
अघिल्ला तीन खेलमा जित निकालेको नेपालले चौथो खेलमा भुटानसंग प्रतिस्पर्धा गरिरहेको हो । भुटानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य लगातार चौथो जित निकाल्नु हुनेछ ।
तुलनात्मक कमजोर टिम भुटानविरुद्ध नेपाललाई जित निकाल्न गार्हो पर्नेछैन । अघिल्ला नतिजा हेर्दा नेपालले भुटानलाई सहजै हराउने देखिएको छ । जारी प्रतियोगितामा भुटान प्रदर्शन उच्च देखिएको छैन ।
छनोटमा नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । यता, भुटान ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ ।