एजेन्सी । इंग्ल्यान्डका पुर्व खेलाडी क्रिस सटनले म्यानचेस्टर युनाइटेडका लागि जोसे मोरिन्हो उपयुक्त प्रशिक्षक नरहेको बताएका छन् ।
बिबिसी रेडियोसंगको अन्तर्वार्ता प्रिमियर लिगका पुर्व स्ट्राइकर सटनले मोरिन्होले युनाइटेडलाई अघि बढाउन नसक्ने बताएका हुन् ।
'युनाइटेडको लागि यो सिजन निकै खराब छ,' सटनले भने, 'मोरिन्हो युनाइटेडलाई अघि बढाउने उपयुक्त मान्छे हैनन् । उनले यो सिजन गरिरहेको व्यवहारले हुँदैन ।'
सन् २०१६ मा युनाइटेड आएका मोरिन्होको प्रशिक्षणमा युनाइटेडले यस सिजन खराब प्रदर्शन गर्दै आईरहेकोछ । युनाइटेडले पछिल्लो ८ खेलमा मात्र ४ जित निकालेको छ । युनाइटेडको पछिल्लो २९ बर्ष यताकै खराब सुरुवात हो ।
खराब प्रदर्शन कायम रहेसंगै युनाइटेडले मोरिन्होलाई बर्खास्त गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
यस्तै सटनले मोरिन्होको व्यवहार समेत खराब रहेको बताए ।
यो अवस्थामा मोरिन्हो कसरी अघि बढ्न सक्छ ? सबैलाई उनलाई शिकार बनाई रहेका छन्,' ब्लाकबर्नका पुर्व स्ट्राइकर सटनले थपे, 'सबै खेलमा उनले अनावश्यक कार्य गरिरहेका छन् । प्रत्येक प्रेस कन्फरेन्समा नकारात्मक कुरा गरिरहेका हुन्छन् ।'