मोरङ । लेटाङ फुटबल क्लबले प्रथम पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सुनाखरी खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा आयोजक सुनाखरी युवा क्लबलाई ४ - १ ले हराउदै लेटाङले विजयी सुरुवात गरेको हो । खेलमा लेटाङका सौजन लिम्बु म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार सुकुना फुटबल क्लब र योसेक फुटबल क्लबबीच खेल हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सुनाखरी युवा क्लबले जनाएको छ ।