काठमाडौं । भुटानमा सम्पन्न साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको उपविजेता बनेको नेपाली महिला टोली मंगलबार स्वदेश फर्किने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलि भुटान एयरबाट बुधबार दिउसो २:३५ बजे नेपाल आईपुग्ने जनाएको छ ।
आइतबार भएको च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसंग १ - ० ले पराजित भएको थियो ।
प्रतियोगितामा ७ गोल गरेकी नेपालकी फरवार्ड रेखा पौडेल सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।