काठमाडौं । प्रथम पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता आज सुरु हुदैछ ।
८ दिनसम्म चल्ने प्रतियोगिता सुनाखरी खेल मैदानमा सञ्चालन गरिनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा सुनाखरी युवा क्लब मोरङ र लेटाङ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सुनाखरी युवा क्लबले जनाएको छ ।
फाईनल खेल २९ गते सोमबार हुनेछ ।