एजेन्सी । वायन रुनीले दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) मा डीसी युनाइटेडले जित निकालेको छ । रुनीको प्रेरणादायी प्रदर्शनमा आइतबार राति डीसीले सिकागो फायरलाई २ - १ ले हराएको हो ।
घरेलु मैदानमा सिकागोले बनाएको सुरुवाती अग्रता उल्टाएर डीसीले जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा एड्वार्ड्सले गोल गर्दै सिकागोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, रुनी चम्किएपछि डीसीले जित निकाल्न सफल भयो ।
खेलको ६२ औं मिनेटमा रुनीको गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए । त्यसपछि खेलको८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रुनीले डीसीलाई २ - १ को जित दिलाए । यो संगै ३२ रुनीले पछिल्लो १६ खेलमा ९ गोल गर्न सफल भएका छन् ।
जितसंगै रुनीको टिम डीसी ३० खेलबाट ४१ अंकसहित सातौं स्थानमा छ । ३१ अंक जोडेको सिकागो १० औं स्थानमा छ ।
इंग्ल्यान्ड र म्यानचेस्टर युनाइटेडका पुर्व कप्तान समेत रहेका रुनी एभर्टनबाट गत असारमा डीसी युनाइटेडमा अनुबन्धित भएका थिए ।