एजेन्सी । इङ्ल्याण्ड र चेल्सीका पुर्व कप्तान जोन टेरीले सन्यासको घोषणा गरेका छन् । ३७ बर्षिया डिफेन्डरले सन्यासको घोषणा गरेका हुन् । उनी च्याम्पियनसिप क्लब एस्टन भिल्ला छाडेपछि क्लब विहिन अवस्थामा थिए ।
उनले इन्स्टामा लेखेका छन्, करिब २३ बर्षको अविश्वसनीय फुटबलर यात्रापछि मेरालागि यो सन्यासको उपयुक्त समय हो । टेरीले इङ्ल्याण्डको जर्सीमा ७८ क्याप खेलेका थिए । सन् २०१७ मा क्लब छाड्नु अघि लण्डन क्लबमा करिब २ दशक विताएका थिए ।
उनले स्टामफोर्ड ब्रिजमा पाँच प्रिमियर लिग, पाँच एफ ए कप र च्याम्पियन्स लिगको उपाधि जितेका थिए । सेन्टर डिफेन्सबाट खेल्ने टेरीले पाँच लिग कप र युरोपा लिग सहित ७ सय बढी खेलमा चेल्सीको जर्सीमा खेलेका थिए ।
टेरीले सन् २०१७÷१८ को सिजन एस्टन भिल्लाबाट अन्तिम समय खेलेका थिए । एक बर्षको सम्झौता लगत्तै उनी मस्कोको क्लब समेत पुगेका थिए । जहाँ उनी अनफिट देखिए ।