एजेन्सी । केलियन एम्बाप्पेले ४ तथा नेयमारले १ गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा लियोनलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । दोस्रो हाफमा गरिएका चारै गोल एम्बाप्पेको नाममा रह्यो ।
पहिलो हाफमा दुवै टोली १० खेलाडीमा सिमित भएका थिए । किम्पेम्बेले ३२ औ मिनेटमा रातो कार्ड मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो । पहिलो हाफको इन्जुरी समयमा टोसेटले रातो कार्ड आएपछि लियोन समेत १० खेलाडीमा झरेको थियो ।
खेलमा अग्रता पीएसजीले खेलको ९ औ मिनेटमा नेयमारको पेनाल्टी गोलबाट लिएको थियो ।
६१ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ६६, ६९ र ७४ औ मिनेटमा एम्बाप्पेले लगातार गाेल गरे र सख्या चार पुर्याए ।
पीएसजीले ९ खेलबाट २७ अंक सहित तालिकाको शीर्ष स्थानमा एकाधिकार जमाएको छ । उसले दोस्रो स्थानको लिलीभन्दा १८ अंकको अग्रता लिएको छ ।