एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासंग १–१ गोलको बराबरी खेलेको हो ।
घरेलु टोली भ्यालेन्सियाले खेलको दोस्रो मिनेटमा गारेको गोलबाट अग्रता लिएको थियो । २३ औ मिनेटमा मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
स्पेनिस लिगको अर्को बराबरीले बार्सालाई दोस्रो स्थानमा राखिदिएको छ । सेभिल्ला १६ अंक सहित शीर्ष स्थानमा रहदाँ बार्सा १५ अंक सहित दोस्रो स्थानमा छ ।
भ्यालेन्सियाले खेलिएका आठ मध्य ६ खेलबाट बराबरीको नतिजा निकालेको हो । र ९ अंंक सहित तालिकाको १४ औ स्थानमा छ ।