काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा बंगलादेशले नेपालविरुद्ध गोल गरेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा बंगलादेशले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा बंगलादेशले गोल गरेको हो । बंगलादेशका मासुरा प्रभिनले गोल गरेकी हुन् ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३ - १ ले हराएर फाइनल पुगेको हो । यस्तै बंगलादेशले भुटानलाई ४ - ० ले हराएर नेपालसंगको भेट पक्का गरेको हो ।