काठमाडौं । भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा उपाधिकालागि नेपालले अहिले बलियो टोली बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा पहिलो हाफको खेल सकिदा दुवै टोली गोल विहिन छन् । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएर फाइनल पुगेको हो ।
यस्तै बंगलादेशले भुटानलाई ४–० ले हराएर नेपालसंगको भेट पक्का गरेको हो । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य उपाधि हुनेछ ।
तर, नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्न कठिन हुने देखिन्छ । किनकी एकै समूहमा रहेको नेपाल बंगलादेशसंग समूह चरणमा पराजित भईसकेको छ ।