काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले अहिले बलियो टोली बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुने फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३ - १ ले हराएर फाइनल पुगेको हो । यस्तै बंगलादेशले भुटानलाई ४ - ० ले हराएर नेपालसंगको भेट पक्का गरेको हो ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य उपाधि हुनेछ । तर, नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्न कठिन हुने देखिन्छ । किनकी एकै समूहमा रहेको नेपाल बंगलादेशसंग समूह चरणमा पराजित भईसकेको छ ।