एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फुलह्यामलाई ४–० गोल अन्तरले पराजित गरेको छ । आईतबार भएको खेलमा लण्डन क्लबले अवे खेलमा फुलह्यामलाई हराएको हो ।
आर्सनलको जितमा एलेक्सजेण्डर लाकाजेट्स र पेरिक एम्रिक आबुमियाङले समान दुई तथा आरोन रामसीले एक गोल गरे ।
फुलह्यामकालागि अान्द्रे सर्लेले एक गोल फर्काए ।
आर्सनलले २९ औ मिनेटमा लाकाजेट्सको गोलबाट अग्रता लिएको थियो । सुर्लेले ४४ औ मिनेटमा गोल गर्दै पहिलो हाफ १–१ को बराबरीमा टुङ्ग्याउन सफल भए ।
४९ औ मिनेटमा लाकाजेट्सले व्यक्तिगत दोस्रो गोल गर्दै लण्डन क्बललाई पुन अग्रता दिलाए । ७९ औ मिनेटमा राम्सीले आर्सनललाई ३–१ को स्थितीमा पुर्राए । ७९ औ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका आबुमियाङले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई फराकिलो जित दिलाए ।
जितपछि आर्सनलले ८ खेलबाट १८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । फुलह्याम ५ अंक सहित रेलिगशेन क्षेत्रबाट मात्र एक स्थान माथि छ ।