काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' मा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले आइतबार थाइल्याण्डलाई पराजित गर्यो ।
नेपालले थाइल्याण्डलाई डकवर्थ लेविस डिएल पद्दतिको आधारमा १४० रनले हराएको थियो । जितसंगै नेपाल ३ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भयो ।
थाइल्याण्डविरुद्ध जितमा नायक बने करण केसी । उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे । जसको फलस्वरूप करण खेलमा प्लेयर अफ दि सिरिज घोषित भए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १७२ रन जोड्दा करण केसीले विस्फोटक ब्याटिङ गरे । करणले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४० रन्को योगदान दिएका थिए ।
यस्तै बलिङमा करणले ३ विकेट लिए । करणले मात्र २ रन खर्चेर ३ विकेट लिएका थिए ।
अब नेपालले मंगलबार भुटानसंग प्रतिस्पर्धा गर्दा बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ ।
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।