काठमाडौं । चौथो संस्करणको रुकुम कप फुटबल प्रतियोगिता कार्तिक दोस्रो साताबाट सुरु हुने भएको छ । रुकुमकोटस्थित सहिद स्मृति रुक्मिणी रंगशालमा हुने प्रतियोगिता कार्तिक कार्तिक १० देखि १४ गते सम्म हुने भएको हो ।
प्रतियोगितामा रुकुम पश्चिम, दाङ, जाजरकोट, रोल्पा, सल्यान रुकुम पुर्व लगायतको जिल्लाका क्लबहरुले सहभागिता जनाउनेछन् । यस्तै प्रतियोगितामा यस बर्षबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका क्लबले समेत सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ८० हजार नगद प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार प्राप्त गर्दा सेमिफाइनलबाट बाहिरिने दुई टिमले समान १५/१५ हजार नगद पाउनेछन् । प्रतियोगिताको अनुशासित टोलीले १० हजार पाउदा उत्कृष्ट खेलाडीले ७ हजार पाउनेछन् ।
यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर,डिफेन्डर, मिडफिल्डर र फरवार्डले समान ५/५ हजार नगद प्राप्त गर्नेछन् । यस बर्षबाट उत्कृष्ट प्रशिक्षकले समेत पुरस्कार पाउनेछन् । उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार नै पाउने आयोजकले बताएको छ ।
यस प्रतियोगीताबाट राम्रा खेलाडी छनौट गर्दै आगामी आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत प्रदेश छनौटको लागि प्रशिक्षणमा समेत राखिने आयोजकले जनाएको छ ।