काठमाडौं । बंगलादेशमा जारी पाँचौ संस्करणको बंगबन्धु गोल्डकपमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।
बंगबन्धु गोल्डकपको साबिकको बिजेता समेत रहेको नेपाल अपरान्ह नेपाल आइपुगेको हो ।
यस संस्करणमा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपाल पहिलो खेलमा ताजकिस्तानसंग २ - ० र दोस्रो खेलमा प्यालेस्टाइनसंग १ - ० ले पराजित भएको थियो ।
नेपाली टोलीलाई एन्फा सदस्य मधुसुधन उपाध्याय लगायतले स्वागत गरेका थिए ।