काठमाडौं । आईसीसी विश्व टी ट्वान्टी एसिया छनोट समुह बी अन्तर्गत थाईल्याण्डविरुद्धको तेस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
क्वालालम्पुस्थित बायुवास ओभलमा नेपालले पाँचौ विकेट गुमाएको छ । नेपालले पाँचौ विकेटको रुपमा शरद भेषवाकरलाई३४ रनमा गुमाएको हो । त्यसअघि नेपालले नेपालले चौथो विकेटको रुपमा आरिफ शेखलाई ८ रनमा गुमाएको थियो ।
यसअघि नेपालले बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र अनिल साहलाई गुमाईसकेको छ । नेपालले १४ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ११६ रन जोडेको छ । क्रिजमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् ।
नेपाल आज थाइल्याण्डलाई हराएर तेस्रो जितको खोजीमा हुनेछ । थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी समेत हो । महिला र उमेर समूहमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गरिसकेको छ । तर, पुरुष टोलीले भने दोस्रो पटक खेल्न लागेका हुन् ।
यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएको थियो । तर, वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो ।
जारी छनोटमा थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ । थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ । २ खेलबाट नेपालले ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ ।