काठमाडौं । ललित स्मृति यू -१८ फुटबल च्याम्पियनसिप अन्तर्गत आज भएको पहिलो खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब पराजित भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई पश्चिमाञ्चल फुटबल क्लबले ४ - २ ले पराजित गरेको हो । पश्चिमाञ्चलको जितमा राजिब चौधरी,किरण बोहोरा, विजय चौधरी र नविन भट्टराईले गोल गर। मनाङका रोहित नेपाली र विनय कार्कीले एक एक गोल फर्काए ।
जितसंगै समूह डी को पश्चिमाञ्चलले महत्वपूर्ण ३ अंक जोडेको छ । र, दोस्रो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । यसअघि पहिलो खेलमा फ्रेन्ड्स हार ब्यहोरेको थियो पश्चिमाञ्चलले दोस्रो खेलमा थ्रीस्टारसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।
यता,मनाङको भने दोस्रो चरण पुग्ने सम्भावना कमजोर बनेको छ । मनाङ पहिलो खेलमा थ्रीस्टारसँग पराजित भएको थियो ।
प्रतियोगिता अन्तर्गत नै आज हुने दोस्रो खेलमा हिमालयन शेर्पा र रुस्लान थ्रीस्टारबीच प्रतिस्पर्धा हुदैछ ।