एजेन्सी । सात चरणको खेल सकिदाँ प्रिमियर लिगमा म्यान्चेष्टर सिटी र लिभरपुलको हैसियत बराबर छ । दुवैले १९ अंक जोडेका छन् । गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा रहदाँ लिभरपुल दोस्रो स्थानमा छ ।
नतिजाको हिसावले प्रिमियर लिगमा यिनै टोलीलाई सबैभन्दा बलियो मान्न सकिन्छ । सरुवा बजारमा दुवै टोलीले खर्चेको रकम, प्रर्दशनले सिटी र लिभरपुललाई चालु सिजनमा उपाधिको बलियो दाबेरदारको रुपमा लिईएको छ ।
तर प्रिमियर लिगमा दुवै टोली भिड्दै गर्दा कसरी बाजी मार्ला ?
धेरै हदसम्म प्रिमियर लिगको उपाधि यात्रालाई यही भिडन्तले निर्देशित गर्नेछ । सोही महत्वपुर्ण भिडन्तमा आज राति लिभरपुलले एनफिल्डमा सिटीलाई आतिथ्यता प्रदान गर्दैछ ।
लिभरपुल प्रशिक्षक योर्गेन क्लोप भन्छन्, ‘उपाधिका बिषयमा अहिल्यै कुरा गर्न हतारो हुनेछ । तर सिटीसंगको भिडन्त साच्चिकै प्रतिस्पर्धात्मक हुनेछ । उनीहरु सधै बलियो स्थितीमा हुन्छन् । सिटी कहिल्यै हार मान्दैन ।’
म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला भन्छन्, ‘लिभुरपुलले धेरै टिमलाई हराएको छ, न कि सिटीलाई मात्र । लिभरपुल इङ्ल्याण्डको साच्चिकै ठुलो क्लब हो । हामी धेरै हिसावमा उनीहरुको नजिक नजिक पुग्ने कोशिश गििरएका छौ ।’
लिभरपुलले सिटीविरुद्धको पछिल्ला १७ खेल घरेलु भुमिमा गुमाएको छैन । उसकालागि खुसीको कुरा नाबी केईटा चोटमुक्त हुदै खेलमा फर्कदैछन् । एडम लालना समेत सिटीविरुद्धको खेलमा फर्कन सक्नेछन् ।
उता म्यान्चेष्टर सिटीका मिडफिल्डरद्धय केभिन डे ब्रोईन र बेन्जामीन मेन्डी दुवै अभ्यासमा फर्किएका छन् । दुवैलाई आजको खेलमा देख्न सकिने सम्भावना छ ।
प्रिमियर लिगमा आजै हुने खेलमा साउथह्यामटनले चेल्सीलाई आतिथ्यता प्रदान गर्दा आर्सनल फुलह्यामको भ्रमणमा निस्कनेछ ।