काठमाडौं । बंगलादेशमा जारी पाँचौ संस्करणको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसंग १ - ० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसंग पराजित भएपनि खेलमा म्यान अफ दि म्याच नेपालका गोलकिपर विकेश कुथु चुनिए ।
विकेशले प्यालेस्टाइनविरुद्ध निकै उच्च प्रदर्शन गरेका थिए । जसको कारण नेपालले प्यालेस्टाइनविरुद्ध झिनो अन्तरले पराजित भएको थियो ।
म्यान अफ दि म्याच बनेसंगै विकेशले ५ सय अमेरिकी डलर प्राप्त गरेका छन् ।
सिल्हेटस्थित जिल्ला स्टेडियममा प्यालेस्टाइनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा गोल खादै नेपाल पराजित भएको थियो ।