काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगबन्धु गोल्डकपको समुह चरणबाट बाहिरिनुको मुख्य कारण तयारी अभावलाई देखाएका छन् ।
समुह चरणको दोस्रो खेलमा प्यालेस्टाईनसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि सञ्चारकर्मीसंग प्रशिक्षक महर्जनले प्रतियोगिताको तयारीकालागि पर्याप्त समय नभएको गुनासो गरे ।
उनले भने, 'हामीले प्रतियागिताकालागि पर्याप्त समय पाएनौ । प्रतियोगिताको तयारी गर्न हामीसंग समय अभाव भयो ।'
प्रशिक्षक महर्जनले नेपाल प्रतियोगिताको कठिन समुहमा परेको समेत बताए । सोही कारण नेपाल दोस्रो चरण प्रवेश गर्न नसकेको उनको भनाई छ ।
'हामी कठिन समुहमा पर्यौ । नत्र नेपाल हामी दोस्रो चरण पुग्ने सम्भावना बलियो हुन्थ्यो ।' उनले भने ।
समुह चरणको पहिलो खेलमा ताजकिस्तान र दोस्रो खेलमा प्यालेस्टाईनसंग पराजित हुदै बंगबन्धु गोल्डकपको साविक विजेता नेपाल समुह चरणबाटै बाहिरिएको छ ।