काठमाडौं । साबिकको विजेता नेपाल पाँचौ संस्करणको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसंग १ - ० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
सिल्हेटस्थित जिल्ला स्टेडियममा प्यालेस्टाइनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा गोल खादै नेपाल पराजित हुन पुग्यो ।
प्यालेस्टाइनलाई जित दिलाउन सलिम केले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा हेड गोल गरेका थिए ।
यसअघि मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २ – ० ले पराजित भएको थियो ।
यस समूहबाट प्यालेस्टाइन र ताजकिस्तानले सेमिफाइनलमा स्थान बनायो । नेपाललाई दोस्रो चरणमा स्थान बनाउन प्यालेस्टाइनविरुद्ध फराकिलो जित निकाल्नु पर्ने थियो ।
समूह 'ए’ मा रहेको नेपाल भने अंक बिहिन हुँदै घर फर्किएको छ ।