काठमाडौं । साबिकको विजेता नेपालले बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो खेलमा अहिले बलियो टोली प्यालेस्टाइनसंग प्रतिस्पर्धा गरिरहेको छ ।
सिल्हेटस्थित जिल्ला स्टेडियममा पहिलो हाफको खेल सकिदा नेपाल र प्यालेस्टाइनले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा प्यालेस्टाइनले बल पोजिसनमा पकड जमाएपनि गोल गर्न सकेन । नेपालले पनि प्यालेस्टाइनविरुद्ध केहि उत्कृष्ट मौका सिर्जना गरेको थियो । तर, नेपाल गोल गर्न सफल भएनन् ।
पहिलो खेलमा पराजित नेपाल प्यालेस्टाइनविरुद्ध गर या मरको स्थितिमा रहेको छ । मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २ – ० ले पराजित भएको थियो ।
त्यसैले नेपाललाई दोस्रो चरणमा पुग्न फराकिलो जित आवश्यक रहेको छ । झिनो अन्तरको जित र बराबरीले नेपाल सेमिफाइनलमा पुग्न असफल हुनेछ ।
समूह ’ए’ मा रहेको नेपालले अंक जोड्न सकेको छैन । यता, प्यालेस्टाइन र ताजकिस्तानले ३ - ३ अंक जोडेको छ । प्यालेस्टाइनविरुद्ध जित निकाले नेपालको पनि ३ अंक हुनेछ । यस्तोमा गोल अन्तरले अघिल्लो चरण पुग्ने दुई टोलीको तय हुनेछ ।
नेपाल नियमित कप्तान बिराज महर्जन र डिफेन्डर अनन्त तामाङबिना मैदान उत्रिएको छ । दुवै खेलाडी घाइते हुँदा टिममा सुमन अर्याल र देबेन्द्र तामाङले टोलीमा स्थान बनाएका छन् ।
नेपाली टोलीको कप्तानी निराजन खड्कालाई दिइएको छ ।