काठमाडौं । बंगबन्धु गोल्डकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले अहिले प्यालेस्टाइनविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा पराजित नेपाल प्यालेस्टाइनविरुद्ध गर या मरको स्थितिमा हुनेछ । मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २ – ० ले पराजित भएको थियो ।
सिल्हेटस्थित जिल्ला स्टेडियममा नेपाललाई दोस्रो चरणमा पुग्न फराकिलो जित आवश्यक रहेको छ । झिनो अन्तरको जित र बराबरीले नेपाल सेमिफाइनलमा पुग्न असफल हुनेछ ।
नेपालले प्यालेस्टाइनविरुद्ध २ खेलाडी परिवर्तन गरेको छ । नेपाली टोलीको कप्तानी निराजन खड्कालाई दिइएको छ । नियमित कप्तान बिराज महर्जन घाइते हुँदा निराजनले कप्तानी पाएका हुन् ।
प्यालेस्टाइनविरुद्ध कप्तान बिराजसंगै अर्का डिफेन्डर अनन्त तामाङ टोलीमा छैनन् । उनको स्थानमा देबेन्द्र तामाङ एक छन् । यस्तै सुमन अर्यालले प्यालेस्टाइनविरुद्ध टिममा छन् ।
नेपाली टोली :
गोलकिपर - विकेश कुथु
डिफेन्डर - देबेन्द्र तामाङ, सुमन अर्याल,आदित्य चौधरी, दिनेश राजवंशी
मिडफिल्डर - निराजन खड्का, बिशाल राई, तेज तामाङ, सुजल श्रेष्ठ, सुनिल बल
फरवार्ड - बिमल घर्ती मगर