एजेन्सी । पाहुना टोली वेष्ट इण्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारत एक इनिङस २७२ रनले विजयी भएको छ । जितसंगै भारतले दुई खेलको सिरिजमा १ - ० को अग्रता बनाएको छ ।
राजकोटमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङसमा ९ विकेटको क्षतिमा ६४९ रन जोड्दै इनिङस समाप्तिको घोषणा गरेको थियो ।
भारतले उच्च रङ बनाएपछि ब्याटिङ गरेको वेष्ट इण्डिजले पहिलो इनिङसमा अलआउट हुँदै १८१ रन मात्र जोड्न सक्यो । वेष्ट इण्डिजका रोस्टोन चासे ५३ तथा किमो पाउलले ४७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । भारतका रविचन्द्र आश्विनले ४ विकेट लिंदा मोहमद सामीले २ विकेट लिए ।
पहिलो इनिङसमा सस्तैमा समेटिएपछि वेष्ट इण्डिज फलो अनमा परेको थियो । त्यसपछि आफ्नो दोस्रो इनिङस थालेको वेष्ट इण्डिज शनिबार ५० ओभर ५ बलमा १९६ रन जोडेर अलआउट भयो । वेष्ट इण्डिजका केइरन पावलले ८३ रन जोडेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा वेष्ट इण्डिजले तेस्रो दिन नै खेल गुमाउन पर्यो ।
वेष्ट इण्डिजलाई तेस्रो दिन हराउन भारतका कुलदीप यादवले ५ विकेट लिए । यस्तै रविन्द्र जडेजाले ३ तथा रविचन्द्र आश्विनले २ विकेट लिए ।
यसअघि तीन खेलाडीले शतक बनाएपछि भारतले उच्च योगफल तयार गरेको थियो । भारतका कप्तान विराट कोहली, रविन्द्र जडेजा र पृथ्वी शले शतकीय इनिङस खेलेका थिए ।
टेष्ट क्रिकेटमा डेब्यु गरेका ओपनर शले १३४ रनको योगदान दिदा कप्तान कोहलीले १३९ रनको शतकीय इनिङस खेले । यस्तै जडेजाले अविजित १०० रन बनाए ।
भारत भ्रमणमा रहेको वेष्ट इण्डिजले घरेलु टोलीविरुद्ध दुई खेलको टेष्ट सिरिजपछि पाँच एकदिवसीय सिरिज खेल्ने छ । यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।