एजेन्सी । अर्जेन्टिनी लिजेण्ड डिएगो म्यारोडोनाले विश्वकप फुटबलमा आइसल्याण्डसंगको बराबरी अर्जेन्टिनाका लागि ‘अपमान’ भएको बताएका छन् ।
अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पोलीलाई चेतावनी दिदै उनले यही प्रर्दशनका आधारमा अर्जेन्टिना खेलमा फर्कन नसक्ने तर्क गरेका छन् । लियोनल मेसी पेनाल्टीमा चुकेको खेलमा डेब्यु टोली आइसल्याण्डसंग अर्जेन्टिनाले गत शनिबार बराबरी खेलेको थियो ।
पुर्व प्रशिक्षक समेत रहेका म्याराडोनाले रंगशालामा बसेर अर्जेन्टिनाको सो खेल हेरेका थिए । ‘मलाई लाग्छ कि टिमको मनमा एक प्रकारको क्रोध छ ।’ उनले भनेका छन् ।
अर्जेन्टिनाले सर्जियो अग्युरोको गोलबाट १९ औ मिनेटमा अग्रता लिएको थियो । तर त्यसको ४ मिनेटपछि आइसल्याण्डले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।
एक टेलिभिजनलाई अन्तरवार्ता दिदै म्याराडोनाले भने, ‘यो एक अपमान हो । खेललाई लिएर कुनै तयारीनै थिएन । जबकी आईसल्याण्डका खेलाडी १ दशमलव ९ मिटर अग्ला थिए ।’