काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले अहिले उपाधि दाबेदार टिम भारतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले सुरुवाती अग्रता बनाएको छ । नेपालका लागि रश्मी कुमारी घिसिङले खेलको १६ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाईन् ।
समूह चरणमा समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह विजेता भारतसंग खेल्न लागेको हो । समूह 'बि' मा रहेको नेपाल मंगलबार बंगलादेशसंग पराजित हुँदै उपविजेता बनेको थियो । भारत भने समूह 'ए' को विजेता बनेको थियो ।
आज नेपाल भारतलाई हराएर फाइनल पुग्न चाहन्छ ।