एजेन्सी । इन्ग्लिश क्लब चेल्सीले युरोपा लिग फुटबल अन्तर्गत समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । बिहिबार राति भएको समूह चरणको दोस्रो खेलमा चेल्सीले हंगेरीको मोल भिडी एफसीलाई १ - ० ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि अल्भारो मोरटाले निर्णायक गोल गरे । कमजोर मानिएको भिडीविरुद्ध चेल्सीले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । तर, खेलको ७० औं मिनेटमा मोरटाले गोल गर्दै चेल्सीलाई साँघुरो जित दिलाए ।
जितसंगै समूह 'एल' मा चेल्सीले २ खेलबाट ६ अंक जोडेको छ । चेल्सी समूह तालिकाको शीर्ष स्थानमा छ । भिडी अंक बिहिन रहदै पुछारमा छ ।
यसै समूहको अर्को खेलमा ग्रीरिसको पिएओकेले बेलारुसको बाटे बेरिसोभलाई ४ - १ ले हराएर पहिलो जित दर्ता गरेको छ । जितसंगै दोस्रो स्थानको पिएओकेले ३ अंक जोडेको छ । बेरिसोभको पनि ३ अंक छ ।
युरोपा लिग अन्तर्गत नै समूह 'एफ' को एसी मिलानले ओलाम्पिकोसलाई ३ - १ ले हराएको छ । स्पेनिस क्लब भिया रियलले स्पार्टक मस्कोसंग ३ - ३ गोलको बराबरी खेल्दै सेभिया क्रान्सोडरसंग २ - १ ले पराजित भएको छ ।