एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको दौरान घाइते भएका मिडफिल्डर नेबी केईटाको चोट सामान्य रहेको बताएको छ ।
बुधबार राति नेपोलीविरुद्धको खेलमा केईटा ढाडको चोटका कारण मैदानबाट बाहिरिएका थिए । उक्त खेलमा लिभरपुल नेपोलीसंग १ - ० ले पराजित भएको थियो ।
खेलको १९ औं मिनेट चलिरहदा ढाडमा समस्या आएपछि केईटा स्ट्रेचरको सहायताले मैदानबाट बाहिरिएका थिए । मैदानबाट उनलाई सिधै अस्पताल लागिएको थियो ।
तर, लिभरपुलले केइटाको चोट सामान्य रहेको र चाडै मैदानमा फर्कन सक्ने बताएको स्काई स्पोर्ट्सले जनाएको छ ।
गिनीका २३ बर्षिय केईटा प्रिमियर लिग अन्तर्गत आइतबार राति हुने म्यानचेस्टर सिटीविरुद्ध खेलमा फर्कने बताईएको छ।
केईटा यसै सिजन ४८ मिलियन पाउण्डमा जर्मन क्लब लिपजिङबाट लिभरपुल आएका थिए ।