एजेन्सी । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले स्ट्राईकर एन्टोनी ग्रिजम्यानलाई विश्वका उत्कृष्ट खेलाडी बताएका छन् । बुधबार राति च्याम्पियन्स लिगमा क्लब ब्रागविरुद्धको प्रभावशाली जितसंगै प्रशिक्षक सिमोनले आफ्ना स्ट्राईकरको खुलेर प्रशंसा गरेका हुन् ।
गए राति ग्रिजम्यानको दुई गोलको सहयोगमा एट्लेटिकोले समुह चरणको खेलमा दोस्रो जित निकालेको थियो । ग्रिजम्यान पछिल्लो समय स्पेनिस क्लब बार्सिलोनासंग जोडिएका थिए । तर विश्वकप लगत्तै उनले एट्लेटिकोमै बसाई लम्ब्याउने निर्णय गरेका थिए ।
‘मैले गत सिजन समेत भनेका थिए । अहिलेपनि भन्छु । मेरालागि ग्रिजम्यान विश्वका उत्कृष्ट खेलाडी हुन ।’ सिमोनले भने । ‘उनले युरोपा लिग जिते, विश्वकप, सुपर कप अनि ला लिगा दोस्रो स्थानमा टुङ्ग्याए । जहाँ रियल मड्रिड र बार्सिलोना दुवै सहभागि थिए ।’ सिमोनले भने ।
‘उनी त्यो ठाउँमा छन् । जे उनी चाहन्थे । उनीले एट्लेटिको बस्ने चाहना गरे । उनी आफ्नो जिवनको महत्वपुर्ण समय बिताईरहेका छन् ।’ सिमोन यसै भन्छन् ।
एट्लेटिको गत सिजन च्याम्पियन्स लिगको समुह चरणबाटै घर फर्किएको थियो ।