काठमाडौं । नेपाल ब्रेकिन एण्ड डान्स स्पोर्ट्स संघले अर्को साता राजधानीमा आर-१६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिपको आयोजना गर्ने भएको छ ।
आयोजक संघले बुधबार पत्रकार सम्मेलन गर्दै बि बोइङ डान्सको आर-१६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिप असोज २२ र २३ गते आयोजना हुने जानकारी गराएको हो । आर-१६ नेपाल असोज २२ र नेपाल ब्रेकिन च्याम्पियनसिप असोज २३ गते हुनेछ ।
आर-१६ को विजेताले आगामी नोभेम्बरमा थाइवानमा हुने विश्व आर-१६ को फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस स्पर्धामा नेपालका बिबोई र बि गर्ल्सले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै ब्रेकिन च्याम्पियनसिपमा विभिन्न देशले प्रतिस्पर्धा गर्नेछन् । एक टिममा ५ खेलाडी रहनेछ । यस प्रतियोगिताको लागि थाइल्याण्डबाट बिबोई गोन्जा र स्पाइस निर्णायकको रुपमा आउनेछन् ।