काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह 'बी' को पहिलो खेलमा म्यानमारविरुद्ध नेपालले जितका लागि ३० रनको लक्ष्य पाएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा अलआउट हुँदै २९ रनमा समेटियो ।
प्रतियोगिताकै कमजोर टिम म्यानमारका लागि कप्तान लिन अङले सर्वाधिक १६ रन जोडे । यस्तै को को लिन थुलाईले ४ रन जोड्दा यी नेइंङ थुन र थुया ओङले ३/३ विकेट लिए । म्यानमारका ५ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।
नेपालका सन्दीप लामिछानेले ४ विकेट लिदा ललित राजवंशीले ३ विकेट लिए ।
नेपालको सिनियर टिमले सन् २००६ पछि पहिलोपटक म्यानमारसंग खेलिरहेको हो । सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो ।
उक्त खेलमा नेपालले म्यानमारलाई १० रनमा अलआउट गर्दै मात्र २ बलमा खेल जितेको थियो । यस खेल विश्व क्रिकेट जगतकै सबैभन्दा छोटो खेल मध्येको एक खेल हो ।
म्यानमारपछि नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा खेल्दा तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ ।
यस्तै नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ ।
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।