- अब नेपालले दोस्रो खेलमा मलेसियासंग शनिबार खेल्नेछ ।
- नेपालले कमजोर टिम म्यानमारलाई ८ विकेटले हराएको हो ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि करण केसीले १४ रन जोडे ।
- नेपालले २० रन जोडेको छ !
- विकेट ! नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका अनिल कुमार साह ११ रन बनाएर आउट भए ।
-अनिल साहले एक चौका र एक छक्का प्रहर गरेका छन् ।
- विकेट ! नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर प्रदिप ऐरी सुन्य रनमा आउट भए ।
- नेपालले जवाफी ब्याटिङ थालेको छ ।
म्यानमारविरुद्ध नेपालले जितका लागि ३० रनको लक्ष्य पाएको छ । वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा अलआउट हुँदै २९ रनमा समेटियो ।
-
- विकेट ! म्यानमारले दशौ विकेट गुमाएको छ !
- विकेट ! म्यानमारले नवौ विकेट गुमाएको छ !
- विकेट ! म्यानमारले २९ रनमा आठौं विकेट गुमाएको छ ।
- विकेट ! म्यानमारले सातौं विकेट गुमाएको छ ।
- विकेट ! म्यानमारले छैटौं विकेट गुमाएको छ ।
- विकेट ! म्यानमारले पाँचौ विकेट गुमाएको छ । नेपालका सन्दीप लामिछानेले थुया ओङलाई आउट गरे ।
- विकेट ! म्यानमारले चौथो विकेट गुमाएको छ ।
- विकेट ! म्यानमारले तेस्रो विकेट गुमाएको छ ।
- म्यानमारले ४ ओभरको समाप्तिमा २ विकेट गुमाएर १८ रन जोडेको छ ।
- म्यानमारले ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ११ रन जोडेको छ ।
- म्यानमारको दोस्रो विकेट पतन । नेपालका कारण केसीले खिन आएलाई सुन्य रनमा आउट गरे ।
- म्यानमारले पहिलो विकेट गुमाएको छ । ललित सिंह भण्डारीले म्यानमारका ओपनर को को लिन थुलाई आउट गरे ।
- नेपालविरुद्ध म्यानमार ब्याटिङ गरिरहेको छ ।
-नेपालको सिनियर टिमले सन् २००६ पछि पहिलोपटक म्यानमारसंग खेल्न लागेको हो । सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो ।
उक्त खेलमा नेपालले म्यानमारलाई १० रनमा अलआउट गर्दै मात्र २ बलमा खेल जितेको थियो । यस खेल विश्व क्रिकेट जगतकै सबैभन्दा छोटो खेल मध्येको एक खेल हो ।
-म्यानमारले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
-आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट 'बी' को पहिलो खेलमा नेपाल र म्यानमार अहिले प्रतिस्पर्धा गरिरहेका छन् ।