एजेन्सी । प्रिमियर लिग क्लब एभर्टन काराबाओ (इएफएल) कप फुटबलबाट बाहिरिएको छ । मंगलबार राति भएको तेस्रो चरणको खेलमा साउथह्याम्पटनसंग पेनाल्टी सुटआउटमा ४ - ३ ले पराजित हुँदै एभर्टन बाहिरिएको हो ।
गुडीसन पार्कमा खेलको निर्धारित समय १ - १ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा साउथह्याम्पटन सफल भयो । एभर्टनका थियो वाल्कोटको पेनाल्टी प्रहार साउथह्याम्पटनका किपर अन्गुस गुन्नले रोकेका थिए ।
त्यसअघि खेलको ४४ औं मिनेटमा ड्यानीले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८५ औं मिनेटमा वाल्कोटले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याएका थिए ।