एजेन्सी - टोटनह्याम तथा इंग्ल्याण्डका फरवार्ड ह्यारी केनले आफुले एकदिन बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीको गोलको किर्तिमानहरु तोड्ने चाहना व्यक्त गरेका छन् । आज राति च्याम्पियन्स लिगको समुह चरण अन्तर्गतको खेलमा बार्सिलोनालाई टोटनह्यामले घरेलु मैदान वेम्बलीमा निम्त्याउदै छ।
विश्वकप २०१८ का सर्वाधिक गोलकर्ता २५ वर्षीय केनले अगिल्लो हप्ता हर्डल्सफिल्डविरुद्ध दुई गोल गर्दै करियरको १४५औं गोल पुरा गरेका थिए। एकदिन मेस्सीका गोलको किर्तिमानहरु तोड्ने चाहना ब्यक्त गर्दै केन भन्छन ,' मेस्सीले हामी सबैको लागि एउटा स्तर तय गरिदिएका छन् र उक्त कुराले मलाई राम्रो खेल्न प्रोत्साहन दिएको छ। '
एक दशकभन्दा लामो समय फूटबलमा राज गरेका मेस्सीले ६४६ खेल खेल्दै ५६० गोल गरेका छन्, जस मध्ये १०३ गोल च्याम्पियन्स लिगमा गरेका हुन्। केन भन्छन ,' मेस्सी र रोनाल्डोले एक दशक देखि प्रत्यक सिजन असाधारण प्रदर्शन गर्दै ५०-६० गोल गरेका छन् र म पनि सोहि लयमा हुने विश्वास राख्छु।'
केनले आज हुने खेलमा मेस्सीलाई रोक्न कुनै कसर बाँकी नछोड्ने बताउदै भने,' हरेक खेलाडी आफ्नो किरियरमा विश्वकै उत्कृष्टसंग खेल्न चाहन्छन र मेस्सी त्यी मध्ये एक हुन्।'
मेस्सीको नाममा रहेको धेरै किर्तिमानहरु मध्ये एकै सिजनमा गरेको ९१ गोललाई धेरैले असाधारण मान्दछन् । सन् २०१२मा मेस्सीले एकै सिजनमा अर्जेन्टिना र बार्सिलोनाका लागि ६९ खेल खेल्दै ९१ गोल गरेका थिए ।