काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा प्रशिक्षकको रुपमा जागिर गरिरहेका व्यक्तिले व्यवसायीक रुपमा क्लबमा काम गर्न नपाउने भएका छन् । मंगलबार बसेको एन्फाको आपतकालिन बैठकले एन्फाको जागिरे व्यक्तिले क्लबमा प्रशिक्षकको जिम्मेवारीमा काम गर्न नपाउने निर्णय गरेको हो ।
यसअघि एन्फा प्रशिक्षकको भुमिकामा रहेका व्यक्तिले क्लबमा समेत काम गर्दै आएका थिए । यस्तै बैठकले रेफ्री कमिटिका सदस्य सुरेन्द्र सिख्राकारलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
एन्फाका कार्यवहाक अध्यक्ष विरबहादुर खड्कालाई दुर्व्यवहार गरेको भन्दै एन्फाले सिख्राकारलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बैठकले जिल्ला फुटबल संघ र ए डिभिजन क्लबलाई मासिक रुपमा बल उपलब्ध गराउने निर्णय गरेको छ ।
एन्फाले मासिक रुपमा जिल्ला फुटबल संघ र ए डिभिजन क्लबलाई फुटबल उपलब्ध गराउनेछ ।