काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह 'बी' को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) म्यानमारसंग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा हुने खेल नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ मा सुरु हुनेछ । म्यानमार विरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितसहित उपाधि यात्रा बलियो बनाउने लक्ष्यमा हुनेछ ।
नेपालको सिनियर टिमले सन् २००६ पछि पहिलोपटक म्यानमारसंग खेल्न लागेको हो । सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो ।
उक्त खेलमा नेपालले म्यानमारलाई १० रनमा अलआउट गर्दै मात्र २ बलमा खेल जितेको थियो । यस खेल विश्व क्रिकेट जगतकै सबैभन्दा छोटो खेल मध्येको एक खेल हो ।
छनोटमा नेपालले आयोजक मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा खेल्दा तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ ।
यस्तै नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ ।
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।
नेपाली टोलि :
पारस खड्का (कप्तान)
अनिल कुमार साह
बसन्त रेग्मी
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
ज्ञानेन्द्र मल्ल
करण केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
प्रदिप ऐरी
सन्दीप लामिछाने
शरद भेषवाकर
सोमपाल कामी
मुख्य प्रशिक्षक - जगत टमटा
टिम म्यानेजर - रमण शिवाकोटी
फिजियो - दिनेश भट्ट