काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल पहिलो हाफमा ताजकिस्तानविरुद्ध १ - ० ले पछि परेको छ ।
सिलेटस्थित जिल्ला स्टेडियममा ताजकिस्तानले खेलको २७ औं मिनेटमा फाक्त उलोइथको पेनाल्टी गोलबाट अग्रता बनाएको हो । अनन्त तामाङले फल गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानका उलोइथले गोल गर्दै १ - ० को अग्रता लिएको हो ।
बंगबन्धु गोल्डकपमा नेपाल साविकको विजेता हो । नेपालले गत वर्ष बहराइनलाई ३ - ० ले हराएर उपाधि जितेको थियो ।