काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले बलियो टोली बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
सेमिफाइनलमा पुगिसकेको नेपालले बंगलादेशविरुद्ध समूह विजेताको लागि खेल्न लागेको हो ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल बंगलादेशलाई हराएर समूह विजेता बन्न चाहन्छ । तर, बलियो बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न निकै कठिन छ । जारी प्रतियोगितामा बंगलादेश उपाधि दाबेदार टिम हो ।
नेपाल र बंगलादेशबीचको विजेता टोली समूह 'बि' को विजेता बन्नेछ । पराजित हुने टोली उपविजेता बन्नेछ । यस समूहबाट लगातार दुई खेलमा हार बेहोरेको पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ ।