काठमाडौं । बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसंग प्रतिस्पर्धा गरिरहेको छ । अघिल्ला दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा युएईविरुद्ध मैदानमा उत्रिएको हो ।
क्रिरा शिख मैदानमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ ।
युएईविरुद्ध नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । यता, युएईपनि पहिलो जितको खोजीमा रहनेछन् । समूह ’ए’ मा रहेको नेपाल र युएईले अंक तालिकामा खाता खोल्न सकेका छैनन् । दुवैले अघिल्ला दुई खेल गुमाएको थियो ।
यस समूहबाट भारत र अफगानिस्तान समान ४\४ अंक जोडेर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । युएईविरुद्ध नेपालको इतिहास सुनौलो छ । यू-१९ को अघिल्ला पाँच भेटमा नेपालले युएईविरुद्ध एक खेल मात्र गुमाएको छ । तर, आज नेपाललाई जित निकाल्न युएईले चुनौती दिनेछन् ।
नेपाल पहिलो खेलमा भारतसंग १ सय ७१ रनले पराजित भएको थियो । सोमबार भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसंग ३ विकेटले पराजित भएको थियो ।