एजेन्सी । म्यान्चेष्टर सिटीक मिडफिल्डर केभिन डि ब्रुएन अभ्यासमा फर्किएका छन् । घुँडाको लिगामेन्ट च्यातिएपछि अगष्टको मध्य भागबाट मैदान बाहिर रहेका ब्रुएन सिटीको ट्रेनिङमा फर्किएका हुन् ।
बेल्जियमका अन्तराष्ट्रिय खेलाडी ब्रुएनले रुसी विश्वकपमा तेस्रो स्थान हात पारेका थिए । नयाँ सिजनमा उनी मात्र एक खेलमा देखिएका थिए । सिजनको पहिलो खेलमा उनी आर्सनलविरुद्धको खेलमा उत्रिएका थिए ।
गत शनिबार ब्रिङटोनविरुद्ध २–० को जित निकालेको सिटीका प्रशिक्षक पेप ग्वार्डिलाले केभिन चाँडै मैदान फर्कने बताएका थिए । ‘उनी उपचारको अन्तिम चरणमा छन् । केही दिनमा उनले ट्रेनिङ सुरु गर्नेछन् । सबै राम्रोसंग अघि बढिरहेको छ ।’ उनले बताएका थिए ।
सिटी अझै एक अन्तराष्ट्रिय विश्रामको नजिक छ । सोही कारण ब्रुएनलाई निको हुन र पुर्व अवस्थामा फर्कन अझै समय बाँकी छ । सिटीले आगामी मंगलबार च्याम्पियन्स लिगको खेल खेल्दैछ । त्यस अगाडी सिटीले आईतबार एनफिल्डमा प्रिमियर लिग क्लब लिभरपुलसंग प्रतिस्पर्धा गर्दैछ ।