काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह 'बी' मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) मलेसिया जाँदै छन् ।
पारस खड्काको कप्तानीमा रहेको १४ सदसीय नेपाली टोली अपराह्न १ बजे मलेसिया प्रस्थान गर्ने कार्यकम रहेको छ
मलेसियाको क्वालालम्पुरमा हुने छनोटमा नेपालले आयोजक मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछन् ।
छनोटका लागि नेपालले आइतबार मात्र टोलीको घोषणा गरेको थियो । नेपाली टोलीमा प्रदिप ऐरीले पुनरागमन गरेका छन् । चोटका कारण प्रदीप सन् २०१५ पछि पहिलोपटक टिममा परेका हुन् ।
नेपालले पहिलो खेलमा म्यानमारसंग बिहिबार खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा खेल्दा तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ ।
यस्तै नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ ।
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।
नेपाली टोलि :
पारस खड्का (कप्तान)
अनिल कुमार साह
बसन्त रेग्मी
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
ज्ञानेन्द्र मल्ल
करण केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
प्रदिप ऐरी
सन्दीप लामिछाने
शरद भेषवाकर
सोमपाल कामी
मुख्य प्रशिक्षक - जगत टमटा
टिम म्यानेजर - रमण शिवाकोटी
फिजियो - दिनेश भट्ट