एजेन्सी । बेल्जियमका अन्तराष्ट्रिय स्टार इडेन हजार्डले लण्डन क्लब चेल्सी छाड्न चाहेको बताएका छन् । उनले आफ्नो सपना स्पेनबाट खेल्ने रहेको स्पष्ट पारेका छन् ।
रुसी विश्वकपमा बेल्जियमलाई सेमिफाईनलसम्म पु¥याएका हजार्ड प्रतियोगिता लगत्तै स्पेनिस क्लब रियल मड्रिडसंग जोडिएका थिए । ‘म साँचो बोल्न चाहन्छु । विश्वकप लगत्तै म क्लब छोड्न चाहन्थे । किनकी स्पेनमा खेल्ने मेरो सपना हो ।’ एक खेल टेलिभिजनमा उनले भने ।
‘विश्वकप लगत्तै मैले बोर्ड र प्रशिक्षकसंग कुरा गरे । अनि मैले भने, मलाई बस्न कुनै समस्या छैन ।’ उनले थपे, ‘नयाँ प्रशिक्षकसंग काम गर्न रमाईलो भईरहेको छ । म उनीसंग काम गर्न खुसी छु । मेरो अनुबन्धनको समय सकिन अझै तीन बर्ष बाँकी छ ।’
प्रशिक्षक सर्रीको नेतृत्वमा हजार्डले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । चेल्सी प्रमियर लिगमा अपराजित छ भने गत हप्तामात्र काराबाओ कपमा लिभरपुरलाई नकआउट चरणमा पराजित गरेको थियो ।
हजार्डले प्रशिक्षक सर्रीलाई विश्वको उत्कृष्ट मध्यका एक प्रशिक्षक समेत रहेको बताएका छन् । ‘उनी विश्वका उत्कृष्ट प्रशिक्षक मध्यका एक हुन् । उनी मसंग गोलको बिषयमा सोध्छन् । म २० गोल गर्न कोशिश गरिरहेको छ् । सायद अझ हामी सुधार गर्न सक्छौ ।’ हजार्डले भने ।