काठमाडौं । पोखरा प्रिमियर लिगको खेलाडी लिलामी भईरहेको छ । काठमाडौंको एक होटलमा जारी लिलामी प्रक्रियामा ६ टोलीले बोली लगाईरहेको छन् ।
क्याप्ड सिनियर, एज क्याप्ड खेलाडी र अनक्याप्ड खेलाडीको रुपमा खेलाडीको वर्गिकरण गरिएको छ । क्याप्ड सिनियरको न्युनतम रकम ५० देखि सुरु भएर २ लाख ४० सम्म राखिएको छ ।
त्यस्तै क्याप्ड एज लेभलको न्युनतम मुल्य ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसंग राखिएको छ । अनक्याप्डको खेलाडी मुल्य ३० हजारदेखि सुरु भएर १ लाख रुपैयाँसम्म राखिएको छ ।
राष्ट्रिय टिमबाट खेलिसकेका क्याप्ड सिनियर श्रेणीका केही खेलाडीले अधिकतम मुल्य पाएका छन् । चितवन राईजोसले अनिलकुमार शाह, करण केसी र मोहमद आरिफ शेखलाई अधिकतम २ लाख ५० हजार मुल्य तिरेको छ ।
त्यस्तै बुटबल ब्लास्टर्सले सागर पुनलाई अधिकतम २ लाख ५० हजार रकम खर्चेको छ । पोखरा पल्टनले रोहित कुमार पौडेल र बिनोद भण्डारीलाई अधिकतम मुल्य २ लाख ५० हजार तिर्न तयार भएको छ ।