एजेन्सी । इटालियन सिरी ए फुटबलमा साबिकको विजेता युभेन्ट्सले पराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित नेपोलीलाई ३ - १ ले हराएर युभेन्ट्सले लगातार सातौं जित निकालेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मारियो मान्डुज्कीले दुई गोल गर्दा लियोनार्दो बोनुसीले एक गोल गरे । नेपोलीका ड्रेइज मेर्टेन्सले एक गोल फर्काए ।
युभेन्ट्सले सुरुवाती अग्रता उल्टाएर नेपोलीलाई हराएको हो । खेलको १० औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नेपोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २४ औं मिनेटमा युभेन्ट्सका मान्डुज्कीले गोल गरेपछि पहिलो हाफ १ - १ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा युभेन्ट्सले दुई गोल गर्दै सहज जित निकाल्यो । खेलको ४९ औं मान्डुज्कीले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २ - १ को अग्रता दिलाए ।
खेलको ५८ औं मिनेटमा मारियो रुइले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदा नेपोली १० खेलाडीमा सिमित भयो । त्यसपछि खेलको ७६ औं मिनेटमा बोनुसीले गोल गर्दै युभेन्ट्सलाई ३ - १ को जित दिलाए ।
जितसंगै शीर्ष स्थानको युभेन्ट्सले ७ खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानको नेपोलीको १५ अंक रहेको छ ।
सिरी ए अन्तर्गत नै शनिबार राति इन्टर मिलानले काग्लियारीलाई २ - ० ले हराएको छ । यस्तै रोमाले लाजियोको चुनौती ३ - १ ले पन्छायो ।