एजेन्सी । नेयमारको दुई गोलको सहयोगमा लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीले घरेलु लिगमा नाईसलाई पराजित गरेको छ । अपराजित यात्रालाई निरन्तरता दिने क्रममा पीएसजीले १० खेलाडीमा सिमित नाईसलाई ३–० गोल अन्तरले पराजित ग¥यो ।
खेलको २२ औ मिनेटमा नेयमारले पीएसजीलाई सुरुवाती अग्रता दिलाए । ४६ औ मिनेटमा क्रिस्टिोफर कुनकुले अग्रतालाई दोब्बर पारे । दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै नेयमारले पीएसजीको जित निश्चित गरे ।
पीएसजीले लिग वानको आठौ खेल जितेको छ । उसले दोस्रो स्थानको सेन्ट इटियनभन्दा ८ अंकको अग्रता लिएको छ । पीएसजीको ८ खेलबाट २४ अंक भएको छ ।