काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको उद्घाटन खेल अन्तर्गत न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा १ - १ गोलको बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा एनआरटीले लिएको अग्रता उल्टाएर आर्मीले बराबरी खेलेको हो ।
खेलको १२ औं मिनेटमा रोजित पुडासैनीले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा सन्तोस तामाङले पेनाल्टीमा गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए ।
दुवै टोली पहिलो खेल जित्ने लक्ष्य सहित मैदान उत्रिएका छन् ।
करिब चार बर्षपछि हुन् लागेको लिगमा १४ क्लबले करिब तीन महिना प्रतिस्पर्धा गर्नेछन् । लिग रेलिगेसनबिनाको हुनेछ ।